बलात्कार आरोप लागेका लामिछानेले खेलेनन् क्यारेबियन लिग

काठमाण्डु टुडे २०७९ भदौ २३ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– बलात्कार आरोपम लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगअन्तर्गत बुधबारको खेल खेल्न पाएनन् ।

बुधबार राति सम्पन्न बुधबार रातिको जमैका तल्लावाजको खेल सन्दीपले खेल्न नपाएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले उनले खेल नखेलेको जानकारी दिएका छन् । क्यान सचिव प्रशान्त मल्लले लामिछानेले बुधबार नखेलेको स्वीकार गरे ।

तर, लामिछाने बाँकी खेलमा भने सहभागी हुने उनले बताए । लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजको जमैका पुगेका छन् । लामिछानेले आफूमाथिको आरोपबारे कानूनी लडाईं लड्ने बताएका छन् । त्यसका लागि सहयोग गर्न उनले क्यानलाई आग्रह गरेका छन् ।

लामिछानेमाथि एक किशोरीले ५ भदौमा एयरपोर्टस्थित एक होटलमा रातभर राखेर बलात्कार गरेको आरोप लगाउँदै मंगलबार गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले आरोप प्रमाणित गर्ने सिसीटिभी दृश्यसहितका प्रमाण संकलन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us