सन्दिप लामिछानेले भनेः म कानूनी लडाईंमा जान्छु, क्यानले सहयोग गर्नुपर्छ

काठमाण्डु टुडे २०७९ भदौ २३ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू कानूनी प्रतिरक्षाका लागि तयार रहेको बताएका छन् ।

लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई कानूनी प्रतिरक्षामा सहयोग गर्न आग्रह गरेका छन् । क्यान सचिव प्रशान्त मल्लले लामिछानेले कानूनी उपचारका लागि सहयोग गर्न आग्रह गरेको बताए । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजको जमैका छन् । लामिछानेले क्यान पदाधिकारीलाई टेलिफोन गरी आफूलाई नियतबस फसाउन खोजिएको दाबी गरेका छन् ।

६ भदौमा लामिछानेले एयरपोर्टस्थित एक होटलमा राखेर राभतर बलात्कार गरेको भन्दै पीडित किशोरीले मंगलबार गौशाला प्रहरीमा लामिछानेविरुद्ध उजुरी दिएकी थिइन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि कानूनले दोषी किटान नगरेसम्म सन्दीपमाथि निलम्बनलगायत कुनै पनि कारबाही नहुने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us