साफ यु–२०मा माल्दिभ्स र नेपाल भिड्दै

काठमाण्डु टुडे २०७९ साउन ९ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, ९ साउन– साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र माल्दिभ्स भिड्दै छन् ।

भुवनेश्वरको कालिंगा रङ्गशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे सुरुहुनेछ ।नेपाल प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ ।

नेपाली टिमका प्रशिक्षक टोलीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताए । प्रशिक्षक केसीले भने “अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौँ ”।

यता माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए छन ।

तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो ।

यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलङ्कासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us