जोकोभिक र फेडेरर विम्बल्डन टेनिसको सेमिफाइनलमा

काठमाण्डु टुडे २०७१ असार १९ गते ४:१५ मा प्रकाशित

काठमाण्डु, १९ असार– विश्व नम्बर १ नोभाक जोकोभिक र सात पटकका च्याम्पियन रोजर फेडेरर विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् ।

सर्बियाका जोकोभिकले क्रोयशियाका मारिन सिलिकलाई र चौथो वरियताका स्वीस फेडेररले आफ्नै देशका स्तानिस्लास वावरिन्कालाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

जोकोभिकले अब फाइनल प्रवेशका लागि बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । दिमित्रोभ बेलायती एन्डी मुर्रेलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । यस्तै फेडेरर सेमिफाइनलमा क्यानडाका मिलोस राओनिकसँग भिड्नेछन् ।
विम्बल्डन टेनिसअन्तर्गत महिला एकलतर्फ रोमानियाकी सिमोना हालेप, क्यानडाकी इयुजिनी बुचार्ड, चेक गणतन्त्रकी लुसी साफारोभा र चेक गणतन्त्रकै पेट्रा भिटोभा सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनलमा जर्मनीकी सबिन लिसिस्कीलाई हराएकी हालेपले सेमिफाइनलमा जर्मनीकी एन्जेलिक कार्बरलाई हराएकी बुचार्डसँग प्रतिस्पर्धा गर्नेछिन् ।

यस्तै रुसी एकतेरिना माकारोभालाई हराएकी साफारोभा आफ्नै देशकी भिटोभासँग फाइनल प्रवेशका लागि भिड्नेछन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us