पेट्रोलियम कर ५० प्रतिशतले घटाउन सरकारलाई संसदीय समितिकाे निर्देशन

काठमाण्डु टुडे २०७९ असार १० गते १८:२३ मा प्रकाशित

काठमाण्डु, १० असार– संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

असार ६ गते बसेको बैठकले पनि पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सर्वसाधारणलाई पर्न गएको असर न्यूनीकरण गर्न वैकल्पिक उपायको खोजी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयल निगम ५० प्रतिशत कर घटाउन निर्देशन गरकेो हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us