
काठमाण्डु, २१ वैशाख– पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् ।
स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी विप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन् । बाबु नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता हुन् भने छोरा विप्लवका जिल्ला स्तरीय नेता हुन् । छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो ।
माओवादी केन्द्रका नेतासमेत रहेका उनीहरू रोल्पा सुनिल स्मृति गाउँपालिका– ६ गजुलका स्थायी बासिन्दा हुन् । वडाध्यक्षको उम्मेदवार बनेका सन्तोष जनतामा आफूबारे धारणा राम्रो रहेको बताउँदै विपक्षले भ्रम छर्न खोजेको आरोप लगाउँछन् । ‘बुवाको कारण मेरो भोट घट्दैछ’, उनी भन्छन् । नागरिक दैनिकबाट
ं