पीएनजीविरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाण्डु टुडे २०७८ चैत ८ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, ८ चैत–  आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ। नेपालले मंगलबार दुबईमा भएको खेलमा पपुवा न्युगिनीलाई  ७ विकेटले पराजित गरेको हो।

पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धसतकीय पारी खेले ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us