
काठमाण्डु, १० असार – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई सर्वोच्च अदालतले अर्को आदेश नभएसम्मका लागि काम गर्न नरोक्न आदेश दिएको छ ।
सर्वोच्चका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले काम रोक्न दिएको आदेश कार्यान्वयन नगर्न फैसला गरेको हो ।
अन्तरिम आदेशको म्याद सकिएलगत्तै खेलकुदमन्त्री पौडेलले काम रोक्न गरेको पत्राचारविरुद्ध लामाले सर्वोच्चमा रिट दायर गरेका थिए ।