मंगलबार ६०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ फागुन १७ गते ११:१४ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । अघिल्लो तोलामा १६ सय रुपैयाँले बढ्दै ९८ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घट्दै ९७ हजार ६०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले मात्र घट्दै आज एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us