
काठमाण्डु, ५ फागुन– सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँ कारोबार भएको थियो । त्यस्तै, बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।