उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाण्डु टुडे २०७८ पुष १८ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, १८ पुस– साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।=

गत हप्ताको शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ७०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us