चार सयले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ पुष १५ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, १५ पुस– आज (विहीबार) प्रतितोला ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यससँगै, आज विहीबार छापावाल सुन प्रतितोला मूल्य ९२ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला मूल्य ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेर विहीबार प्रतितोला १२ सय ४५ रूपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us