नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट

काठमाण्डु टुडे २०७८ पुष १२ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, १२ पुस–  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

सोमबार कारोबार रकममा भने वृद्धि भएको छ । आज २३८ कम्पनीको ६७ हजार ७६० कित्ता सेयर खरिद–बिक्री हुँदा कुल पाँच अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक रहेको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।

सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा गोर्खाज फाइनान्स र मध्यभोटेकोसी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us