शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाण्डु टुडे २०७८ पुष ८ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, ८ पुस–  शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । विहीबार बजार मापक परिसूचक नेप्से १२.५३ अंकले बढेर २५२०.२३ को बिन्दुमा पुगेको छ ।

यो हप्ता ४ दिन कारोबार हुँदा तीन दिन बजार बढ्यो भने एक दिन ओरालो लाग्यो ।  विहीबार कारोबार भएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहको बजार भने ओरालो लागेको छ । विकास बैंक, जलविद्युत र वित्त उपसमूहको बजार ओरालो लागेको हो । यसदिन सबैभन्दा धेरै वित्त उपसमूहले ४९.१ को क्षति बेहोर्दा, निर्जीवन बीमा उपसमूहले सबैभन्दा धेरै ३८१.९७ अंकले कमायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us