पार्टीबाट निष्कासन गरेको निर्णयलाई पूर्णत अस्वीकार गर्दछुः मिलन पाण्डे

काठमाण्डु टुडे २०७८ पुष ६ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, ६ पुष– विवेकशील साझा पार्टीको संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरेको कारबाही अस्वीकार गर्ने बताएका छन् । मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले पाण्डेलाई कारबाही गरेको थियो । तर पाण्डेले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने भन्दै उक्त निर्णय अवैध रहेको बताएको हुन् ।

‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु’ पाण्डेले भनेका छन् ।

पाण्डेले भने– ‘मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ। त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ,’ उनले भने– ‘हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भई रहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us