एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार कित्ता सेयर लिलामीमा

काठमाण्डु टुडे २०७८ मंसिर २९ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर–  एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार २५७ दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले बुधबारदेखि सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

आवेदन दिने अन्तिम म्याद ७ पुससम्म रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मकबोलपत्रमा सहभागिता जनाउन सक्नेछन् ।लगानीकर्ताले यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

बैंकले यसअघि २५ असोजदेखि २१ कात्तिमसम्म २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता ९३ (प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । बैंकले अहिले सो अवधिमा बिक्री नभएको सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us