
काठमाण्डु, २८ मंसिर– साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ उकालो लागेको जानकारी दिएको हो । तोलामा ३०० ले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।
महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको बताएको छ । हिजो सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ९० रुपैयाँ थियो ।