
काठमाण्डु, २४ मंसिर– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुबैको भाउ घटेको छ । आज सुन तोलामा एकसय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । घटेको मूल्यअनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत बिहीबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।