
काठमाण्डु, १ असार –विश्वकप फुटबलमा एसियाली मुलुक जापान पराजित भएको छ ।
केही बेर अगाडि सम्पन्न खेलमा आइभरी कोष्टसँग २–१ गोल अन्तरले पराजित भएको हो । जापानी खेलाडी होन्डाले पहिलो हाफको १६ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
तर आइभरी कोष्टका विलफ्रेड बोनीले ६३ औ मिनेटमा गोल गर्दै बराबरी गरेका थिए ।
त्यसको २ मिनेट पछिनै आइभरी कोष्टले अग्रता लिन सफल भयो । आइभरी कोष्टका गिरभिनोले गोल गरेका थिए ।