काठमाण्डु, ७ मंसिर– आज (मंगलबार) सेयर बजार ओरालो लागेको छ । बजार खुलेको सुरुदेखि नै घटेको बजारमा अन्तिमसम्म ३२ अंकको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा पुगेको छ । आज नेप्से १.१७ प्रतिशतले घटेको हो ।
त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५१५.४८ बिन्दुमा पुगेको छ ।
आज कुल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।