ओरालो लाग्यो सुनचाँदीको मूल्य

रासस २०७८ मंसिर ५ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदीका महासंघका अनुसार आजको मूल्य तोक्दै सुन ७०० ले चाँदी २५ रुपैयाँ घटेको जनाएको छ ।

छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कायम भएको बताएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ थियो ।
यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय ७५ रुपैयाँ कायम रहेको चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us