नेप्से १९ अंकले बढ्दा सात अर्ब ३७ करोडको सेयर किनबेच

काठमाण्डु टुडे २०७८ मंसिर १ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, १ मंसिर–   नेप्से सूचकसंगै कारोबार रकम पनि उच्चरुपमा बढेको छ । अघिल्लो दिन ६९ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज पनि १६ दशमलव ९५ अंकले बढेर २८ सय एक दशमलव ५२ अंकमा पुगेको छ ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंकले बढेर पाँच सय २५ दशमलव ४४ अंकमा पुगेको छ । दुई सय २४ वटा कम्पनीहरुको ७७ हजार पाँच सय १८ पटकको कारोबारमा एक करोड १९ लाख ४३ हजारा आठ सय ५८ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार आठ सय २० रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us