घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ मंसिर १ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य घटेको जानकारी दिएको हो । आज ५०० ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ छ ।

हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मूल्य घटेसँगै चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us