मंगलबार ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ कार्तिक ३० गते ११:४३ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– साताको तेस्रो दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला ५०० ले बढेको बताएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम छ । सुनको मूल्य बढेको दिन चाँदीको पनि बढेको छ । आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us