५९ दशमलव ५७ अंकले घट्याे नेप्से

काठमाण्डु टुडे २०७८ कार्तिक २५ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– बिहीबार पनि नेप्से घटेर नै रोकिएको छ । नेप्से आज ५९ दशमलव ५७ अंकले घटेर २६ सय ९० दशमलव २९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६३ अंकले घटेर पाँच सय दुई दशमलव १९ अंकमा पुगेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको ७३ हजार तीन सय २८ पटकको कारोबारमा ९४ लाख ७५ हजार नौ सय ३६ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुुल कारोबार रकम पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार पाँच सय ४० रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर रताम्मे भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव आठ अंकले घटेर १८ सय १८ दशमलव १५ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि ७० दशमलव ४५ अंकले घटेर तीन हजार दशमलव ८० अंकमा झरेको छ ।

नेप्सेमा आज मानुषी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय २८ रुपैयाँ ७० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा आईसीएफसी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य भने नौ दशमलव ९९ प्रतिशतले घटेर आठ सय ६१ रुपैयाँ १० पैसामा कारोबार भएको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ९३ दशमलव ७३ अंकले घटेर १२ हजार दुई सय पाँच दशमलव नौ अंकमा झरेकोमा विकास बैंक, फाइनान्स, जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सात सय १४ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा ४७ करोड ४९ लाख ३४ हजार पाँच सय २१ रुपैयाँ ५० पैसाको कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us