१३ सयले बढ्यो सूनको मूल्य

काठमाण्डु टुडे २०७८ कार्तिक २५ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ । छापावाल सुन बिहिबार (आज) प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि १३ सय रुपैयाँले बढेको छ । तेजावी सुन आज ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजावी सुन ९२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले नै बढेको छ । आज चाँदी १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us