बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ कार्तिक २४ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले घटेको छ । तेजावी सुन आज ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us