एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ कार्तिक २२ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य एक हजार ५ सय रूपैयाँले बढेको छ ।

छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन सुन ९१ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us