काठमाण्डु, १७ कात्तिक– बुधबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्य तोक्दै तोलामा ५०० रुपैयाँ घटेको बताएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ थियो ।
तोलामा २५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको महासंघले बताएको जनाएको छ ।