अलमुताइरी र एन्फाबीच सन २०२४ सम्मका लागि सम्झौता

काठमाण्डु टुडे २०७८ कार्तिक १६ गते १७:२८ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलो पटक फाइनल पुर्‍याएका प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन २०२४ सम्मका लागि आज सम्झौता भएको छ ।

नेपाल फर्किएपछि पहिलोपटक अबदुल्लाह आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो ।

साफ च्याम्पियनसिप अघि नेपाल नफर्किने भन्दै छाडेका प्रशिक्षक अलमुताइरी सम्झौता भएसँगै नेपाल फर्किएका हुन । आज भएको पत्रकार सम्मेलनमार्फत उनी आगामी तीन वर्षको योजना सहित सार्वजनिक भए ।

साफ अघि नेपालमै रहँदा पनि एन्फाका उपाध्यक्षसँगको विवाद पछि राजीनामा दिने घोषणा गरेका अबदुल्ला अलमुताइरी गत सातामा कतार फुटबल सँगको सम्झौता पश्चात नेपाल फर्किएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us