काठमाण्डु, १५ कात्तिक– नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । त्यस्तै, सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । त्यस्तै, तेजावी सुन १ सय रूपैयाँले नै बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।