काठमाण्डु, १४ कात्तिक– नेप्से आज ५५ दशमलव पाँच अंकले बढेर २८ सय ३७ दशमलव ६१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४६ अंकले बढेर पाँच सय ३० दशमलव ४६ अंकमा पुगेको छ ।
दुई सय ३२ वटा कम्पनीहरुको ८१ हजार नौ सय ३५ पटकको कारोबारमा एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।