१३ अंकले बढ्दा पाँच अर्ब ३९ करोडको सेयर किनबेच

काठमाण्डु टुडे २०७८ कार्तिक ११ गते १६:०१ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– यो साताभरी नै सेयर बजार बढेको छ । आज (बिहिबार) पनि १३ दशमलव चार अंकले बढेर २७ सय ८२ दशमलव १६ अंकमा पुगेर रोकिएको छ ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४२ अंकले बढेर पाँच सय २० दशमलव ९८ अंकमा पुुगेको रोकिएको छ । दुई सय २२ वटा कम्पनीहरुको ५९ हजार एक सय ४० पटकको कारोबारमा ९२ लाख ३६ हजार छ सय १३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३९ करोड ५२ लाख ६८ हजार छ सय २८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा ६ वटा समूहको समूह घटेर सात वटा समूहको समूह बढेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको समूह सात दशमलव ९५ अंकले घटेर १८ सय ९३ दशमलव ६० अंकमा झरेकोमा जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समूहहरुको समूह पनि घटेका छन् ।

विकास बैंक समूहको समूह भने आज ५० दशमलव ५७ अंकले बढेर ५१ सय ६९ दशमलव ९९ अंकमा चढेकोमा निर्जिवन बीमा समूहको समूह पनि तीन दशमलव २३ अंकले बढेर १२ हजार चार सय ९२ दशमलव ४२ अंकमा चढेको छ । जलविद्युत, फाईनान्स, अन्य, लघुुवित्त र लगानी समूहहरुको समूह पनि बढेका छन् ।

नेप्सेमा आज रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय ९७ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य सात दशमलव ७९ प्रतिशतले घटेर चार सय ४६ रुपैयाँ ३० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ३४ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड १९ लाख पाँच हजार तीन सय १६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबै भन्दा बढी हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us