काठमाण्डु, ५ कात्तिक– नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि सुन ९१ हजार ७ सय रूपैयाँमा नै कारोबार भएको थियो ।
आज तेजावी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने १० रूपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार २ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।