
काठमाण्डु, २७ जेठ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई दिने भनिएको डिभिजन श्री प्रतियोगिता आयोजना गर्न युगान्डालाई दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेपछि आईसीसीको मंगलबारको बैठकले युगान्डालाई प्रतियोगिता आयोजनाको अधिकार दिएको हो ।
नेपाल डिभिजन थ्रीमा घटुवा भएपछि आईसीसी प्रतियोगिता आयोजना गर्न दिन सकारात्मक भएको थियो । डिभिजन थ्री प्रतियोगिता २६ अक्टोबरदेखि २ नोभम्बरसम्म हुनेछ ।
अख्तियारले क्यानका १० पदाधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मद्धा दायर गरेको थियो ।