काठमाण्डु, २ असोज– ग्लोबल स्मार्टफोन मार्केटमा सामसुङ फेरि एकपटक एप्पललाई उछिन्दै संसारको नम्बर-१ स्मार्टफोन कम्पनी भएको छ । नयाँ तथ्यांकअनुसार दोस्रो नम्बरमा एप्पल छ भने तेस्रो नम्बरमा शाओमी छ ।
रिसर्च फर्म एनालालिसले जारी गरेको २०२१ को तेस्रो त्रैमासिकको तथ्यांकअनुसार स्मार्टफोन मार्केटमा सामसुङको बजारले २३ प्रतिशत भाग ओगटेको छ । यसैगरी एप्पलको मार्केट सेयर १५ प्रतिशत तथा शाओमीको १४ प्रतिशत छ । १० प्रतिशत मार्केट सेयरका साथ भिभो चौथो नम्बरमा तथा ओप्पो पाँचाैं नम्बरमा छ ।