टी–ट्वन्टी विश्वकपमा आज दुई खेल हुने

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक – आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । ओमानको अल अमारतमा हुने खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्स तथा श्रीलंका र नामिबिया भिड्नेछन् ।

पहिलो खेल आयरल्याण्ड र नेदरल्यान्ड्सबीच दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

दोस्रो खेल श्रीलंका र नामिबियाबीच राति ७ः४५ बजे सुरु हुनेछ । श्रीलंका र नामिबिया पनि जित निकाल्दै सुखद सुरुआत गर्ने योजनासहित मैदान उत्रने छन् । यसअघि ओमान र स्कटल्याण्डले विजयी सुरुआत गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us