उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाण्डु टुडे २०७८ असोज २१ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, २१ असोज– नेपाली बजारमा बिहीबार सुनचाँदी दुबैको भाउ बढेको छ । गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र चाँदी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us