सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ असोज १८ गते १२:१० मा प्रकाशित

काठमाण्डु, १८ असोज– साताको दोस्रो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि सुनको मूल्य यही थियो ।

यस्तै, महासंघले चाँदीको प्रतितोला कारोबार मूल्य ११ सय ६० रुपैयाँ तोकेको छ । हिजो आइतबार पनि चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us