काठमाण्डु, १३ असोज – बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो । सुनको मूल्य हिजो मंगलबार तोलामा ३०० ले घटेको थियो । जसअनुसार, आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।आज चाँदीको मूल्य भने स्थिर प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।