काठमाण्डु, ८ असोज– नेपाली बजारमा सुनको मल्य दिन प्रतिदिन ओरालो लागेको छ ।
बिहीबार ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११५५ रुपैयाँ थियो । आज ११६० रुपैयाँमा किनबेच भइरहेको छ ।