
काठमाण्डु, २५ जेठ – बेल्जियमस्थित आरएससी एन्डरलेक्टले अन्डर–१६ राष्ट्रिय टिमका कप्तान एवम् राष्ट्रिय खेलाडी विमल घर्तीर्मगरलाई फेरि बोलाएको छ ।
२०१४ जुलाई २६ देखि २०१५ ३१ मे सम्म आफ्नो एकेडेमीमा रहेर प्रशिक्षण लिन घर्तीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । क्लबले घर्तीको ३/३ महिनामा निशु:ल्क भिषा नवीकरण गर्नुका साथै आउने जाने हवाई भाडा ब्यहोर्ने छ ।
एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उक्त अवधिभर विमललाई खान बस्न, इन्सुरेन्स तथा आवश्यक सबै खर्च क्लबले व्यहोर्ने उल्लेख छ ।
क्लबको एकेडेमीमा बसेका बेलदा विमलले एकेडेमीमा प्रशिक्षण लिनुका साथै क्लबका तर्फबाट मैत्रिपूर्ण खेल तथा जुलाइमा हुने अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा भाग लिनेछन् ।