नेप्से ११४ अंकले घट्याे, ८ अर्ब ४९ करोडको काराेबार

काठमाण्डु टुडे २०७८ असोज ४ गते १६:११ मा प्रकाशित

काठमाण्डु, ४ असोज– सोमबार सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से एक सय १४ दशमलव दुई अंकले घटेर २६ सय ९८ दशमलव २५ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ५१ अंकले घटेर पाँच सय छ दशमलव २७ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको एक लाख सात हजार पाँच सय ९६ पटकको कारोबारमा एक करोड ७३ लाख ३० हजार पाँच सय ३८ कित्ता सेयर किनबेच भएका छन् ।

उक्त परिमाणमा सेयर किनबेच हुँदा कुल कारोबार रकम आठ अर्ब ४९ करोड ३४ लाख एक हजार नौ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक ५१ दशमलव ४४६ अंकले घटेर १८ सय ५६ दशमलव नौ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि तीन सय ३२ दशमलव ३८ अंकले घटेर चार हजार आठ सय ९९ दशमलव ३८ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि छ सय १४ दशमलव २१ अंकले घटेर १२ हजार ६९ दशमलव २२ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि आठ सय दशमलव छ अंकले घटेर १४ हजार नौ सय ९३ दशमलव ४१ अंकमा झरेको छ ।

यीबाहेक जलविद्युत, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर नौ सय ८९ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा पोखरा फाइनान्सको प्रतिकित्ता सेयर मूल्य भने १० प्रतिशतले घटेर छ सय १३ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय एक रुपैयाँ अन्तिम मूल्यमा ४० करोड ६५ लाख ३१ हजार चार सय ३६ रुपैयाँ ७० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us