सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम

काठमाण्डु टुडे २०७८ असोज ४ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, ४ असोज – आज नेपाली बजारमा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।

यस्तै चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us