काठमाण्डु, २४ भदौ– साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ०.०२ प्रतिशतले घटेको छ ।
केही दिनयता लगातार ओरालो लागेको बजार बिहीबार भने स्थिर देखिएको हो । कारोबार समयमा दिनभरजसो तीव्र उतारचढाव देखिएको बजार बन्द हुने समयमा भने स्थिर देखियो । हाइड्रोपावर, जीवन बीमा, लगानी र व्यापार समूहको शेयर मूल्य बिहीबार केही बढ्यो भने अरु कम्पनीको घटेको छ ।
यस्तै कारोबार रकम पनि घटेको छ । बिहीबार जम्मा ७ अर्ब रुपैयाँ बराबरको मात्र शेयर कारोबार भयो । अघिल्लो दिनको तुलनामा यो दुई अर्बले कमी हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेको छ ।