सोमबार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ भदौ २१ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा एक सय रुपैयाँले नै घट्दै ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ ।

गत आइतबार एकैदिन तोलामा ३५ रुपैयाँले वृद्धि हुँदै एक हजार २३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us