काठमाण्डु, १४ भदौ– आज पनि सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार देखि सुनको भाउ स्थिर रहेको हो ।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र चाँदीको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रबार पनि यही मूल्य कायम थियो ।
यसैगरी, महासंघले विगत दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आइतबार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको भाउ आज स्थिर छ । महासंघले आज चाँदीको भाउ प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ ।