५ दशमलव ७५ अंकले नेप्से बढ्दा १५ अर्ब ९० करोडको सेयर किनबेच

काठमाण्डु टुडे २०७८ साउन ३२ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २४ दशमलव ८८ अंकले घटेर झन्डै २२ अर्ब रुपैयाँको सेयर किनबेच भएको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने केही सम्हालिएको छ ।

नेप्से आज पाँच दशमलव ७५ अंकले बढेर तीन हजार एक सय ६० दशमलव नौ अंकमा सीमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५६ अंकले बढेर पाँच सय ९२ दशमलव ९३ अंकमा पुगेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको एक लाख ५९ हजार ९३ पटकको कारोवारमा दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता सेयर खरिद भएका छन् भने कुल कारोबार रकम १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा सातवटा समूहको सूचक बढेर छवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव ३३ अंकले घटेर दुई हजार एक सय छ दशमलव ५२ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय ७२ दशमलव ८७ अंकले घटेर १७ हजार आठ सय ४८ दशमलव १६ अंकमा झरेको छ ।

यीबाहेक निर्जीवन बिमा, फाइनान्स, होटेल तथा पर्यटन र सामूहिक लगानी कोष समूहरुको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने ७४ दशमलव ७३ अ्रंकले बढेर पाँच हजार छ सय ६३ दशसलव ७८ अंकमा चढेकोमा जलविद्युत, लघुवित्त, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लगानी समूहरुको सूचक पनि बढेका छन् ।

आज नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ३८ रुपैयाँ ९० पैसामा ७४ करोड ९७ हजार चार सय ५६ रुपैयाँ २० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ७३ रुपैयाँमा कारोबार हुँदा आईसीएफसी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य छ दशमलव २७ प्रतिशतले घटेर नौ सय ५६ रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us