सोमबार ९२ हजार ६०० रुपैयाँमा झ¥यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ साउन ३२ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार एकैदिन अधिकतम एक हजार रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा झरेको हो ।

यस्तै, गत आइतबार प्रतितोला २० रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँ पुगेको चाँदी आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ । यता तेजाबी सुनको मूल्य भने गत आइतबारको मूल्य एक सय रुपैयाँले घट्दै सोमबार ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us