सेयर धितोमा एउटा वित्तीय संस्थाले एक व्यक्तिलाई बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने

काठमाण्डु टुडे २०७८ साउन २९ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, २९ साउन– एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो राखेर एक व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने बताएका हुन्।

सेयर धितो राखेर कसैले १२ करोड रूपैयाँ भन्दा बढी ऋण लिन पाउने छैन। यसले ठूला सेयर लगानीकर्ताको मनोवलमा असर पार्ने भएकाले केही दिन बजार प्रभावित हुन सक्ने बताए । यसअघि यस्तो व्यवस्था गरिएको थिएन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us